Section 31
समूह वा उप–समूह परिवर्तन
(१) नेपाल सरकारले आवश्यक ठानेमा कुनै कर्मचारीलाई स्वास्थ्य सेवाको एक समूह वा उपसमूहबाट अर्को समूह वा उपसमूहमा लोक सेवा आयोगको परामर्श लिई तोकिएको आधारमा समूह वा उपसमूह परिवर्तन गर्न सक्नेछ ।
(२) नेपाल सरकारले स्वास्थ्य सेवामा बहाल रहेको कुनै व्यक्तिलाई विशेष योग्यता हासिल गर्न अध्ययनमा पठाएकोमा त्यस्तो व्यक्ति अध्ययन पूरा गरेर सेवामा हाजिर भएपछि लोक सेवा आयोगको परामर्श लिई निजको विशेष योग्यता अनुसारको सम्बन्धित समूह वा उपसमूहमा परिवर्तन गरिदिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम अर्को समूह वा उपसमूहमा परिवर्तन गर्दा त्यस्तो समूह वा उपसमूहमा पद रिक्त भएको अवस्थामा मात्र गर्न सकिनेछ ।